संसद पुर्नस्थापना गरी प्रतिगामी हर्कत रोक्नुपर्नेमा जोड

1136
views

काठमाडौं, २७, पुस । काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले संविधानले संसद विघटनको प्रस्ताव स्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई नदिएको टिप्पणी गरेका छन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानमा नभएको व्यवस्थामा टेकेर आएको प्रस्तावलाई राष्ट्रपतिले स्वीकार गर्न नसक्ने बताए ।

पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधि सभा पुनस्र्थापना नभए संविधान नै विघटन हुने चेतावनी दिए । उनले देशमा बहादुर प्रधानमन्त्री भएजस्तै न्यायाधिशहरु ज्ञानी भएकाले प्रतिनिधि सभा पुनरस्थापना हुने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा देश जनताको प्रतिनिधिमुलक संस्थाविहिन बन्न नसक्ने भन्दै संसद पुनस्र्थापना गरी प्रतिगामी हर्कत गर्नेहरुलाई उचित कानूनी दण्ड गर्नुपर्ने बताए ।