समावेशी शिक्षामा विशेष जोड दिदैं अनुशिक्षण

382
views

याम परियार
असार, ११, पर्वत । समावेश िशिक्षामा जोड दिदैं राष्ट्रिय दलित विकास संस्था पर्वतले प्लान इन्टरनेशनलको सहयोगमा तीनदिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । दलित, अपाङ्गता तथा पिछडिएका समुदायका व्यक्तिहरुलाई समावेशीकरण सम्बन्धि अनुशिक्षण कार्यक्रममा विभिन्न दलित, बिपन्न तथा अपाङ्गता भएका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
शैक्षिक गतिविधिमा फाइदा पुर्याउने उदेश्यले सञ्चालित कार्यक्रममा विभिन्न साविक १२ वटा गाविसका विद्यालयबाट विद्यालय निरीक्षक, श्रोत व्यक्ति र प्रधानाध्यापक गरी ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय दलित विकास संस्था पर्वतका अध्यक्ष भिम वहादुर नेपालीले दलित अपांगले पनि पढ्न पाउनुपर्ने र उनिहरुले अवसर पाए केहि गर्नसक्छ्न भन्ने भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा माधब रेग्मी, शुभन्तनाथ सुवेदी, झलकनाथ आचार्य, केशव प्रसाद भण्डारी, गैसस पर्वतका अध्यक्ष शिव प्रसाद शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका अधिकृत घनश्याम नेपाली ले गर्नुभएको थियो ।