कहिलेकाहीँ साथीहरू जोकर भएको जस्तो लाग्छः प्रचण्ड

556
views

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै जोकर र बौलाहट भएको संज्ञा दिएका छन्। प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कहिलेकाहीँ साथीहरू जोकर भएको जस्तो लाग्छ। ११०० को केन्द्रीय कमिटीलाई फाईल फाईल तस्बीर

बौलाहटमा बनाउने उनले भने, अहिले आफूहरूले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको भन्दै केपी ओलीको प्रदर्शनलाई नौटंकी र मानसिक विक्षिप्त मात्रै हो।

पार्टी एकताका बेला कुनै पनि राजनीतिक द्विविधा नभएको र कसैको पनि विमति नभएको पनि उनले बताए। सर्वसम्मत पार्टीको विधान पारित भएको पनि उनले स्मरण गराए । पार्टी एकता गर्दा हतरपतर नगरेको र पार्टीलाई बेवास्ता पनि नगरेको उनले स्पष्ट पारे।

ुतर आज त्यो एकताको प्रतिवेदन र विधान कार्यान्वयन गर्नुपर्छ भन्ने प्रस्ट भए पनि व्यक्ति नै हाबी भएको छ। बहुमत सबैले मान्नुपर्ने भन्दै पार्टीको निर्णय नै सबै कुरा भएको छु उनले भने, पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकमा ७० प्रतिशत समितको उपस्थिति भएको र त्यो केन्द्रीय समितिले राजनीतिक प्रतिवेदक र एकताका बेलाको व्यवस्थालाई अनुशरण गरेको छ।ु