नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा

501
views

काठमाडौं, २, माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक आज हुँदै छ । भारतको नयाँ दिल्लीमा हुने बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली र भारतको नेतृत्व सुब्रमन्यम जयशङ्करले गर्दैछन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार आज विहान बिहान ११ बजे परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता हुनेछ । त्यसपश्चात् हैदरावाद हाउसमा संयुक्त आयोगको बैठक शुरु हुनेछ ।

बैठकमा संयुक्त आयोग र सीमा वार्ता दुई फरक संयन्त्र रहेको भन्दै त्यसमा छलफल नहुने विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताएका छन् ।

नेपालले व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्यलाई कार्यसूचीमा राखेको छ ।