चुनावमा जाऔंला, अहिले संविधानको रक्षा गरौं

423
views

दमौली, ३, माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का प्रजातन्त्र सेनानी स्व. एकनारायण खनालको नवौँ पुण्यतिथिमा आयोजित शोकसभालाई सम्बोधन गर्दै पौडेलले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताए ।

काँग्रेसलाई चुनावमा जान कुनै हतार भएको छैन, अब चुनाव आयो, काँग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जानुपर्दैन कम्युनिष्टका हर्कतले नै जनताले काँग्रेस रोजेका छन् ।

दुई तिहाईको बहुमत लिएर गएको कम्युनिष्ट लोकतन्त्र र जनतालाई धोका दिएपछि अब त्यो पार्टीमा भोट हाल्नेृ जनता पुन फर्किन्छन् उनले भने चुनावमा जाऔंला अहिले ओलीले धरापमा पारेको लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन लागौं ।

काँग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन ।” वरिष्ठ नेता पौडेलले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान काँग्रेस तयार रहेको बताउँदै चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएका हौँ । जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनको आरोप छ ।