भक्तपुर चाँगुमा अन्तराष्ट्रियस्तरको कभर्ड हल बन्ने

646
views

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ चाँगुमा अन्तराष्ट्रिय स्तरको ब्याडमिन्टन कोर्टसहितको कभर्डहल बन्ने भएको छ । शनिवार वैदिक विधिअनुसार जग पूजा गरी नेमकिपाका सांसद प्रेम सुवालले शिलान्यास गरेका छन् । करीब १ करोडको लागतमा निर्माण हुन लागेको कभर्ड हलमा जिम्न्यास्टिक र फिजिकल फिटनेससमेत गर्न मिल्ने छ। यो संगै कभर्डहलमा दुईवटा ब्याडमिन्टन कोर्टसमेत बन्ने छन्।
यसैगरी चाँगुनारायण क्षेत्र विश्व सम्पदामा सूचीकृत भएको हुनाले कभर्डहलभित्रै आर्ट ग्यालरीसमेत रहने कभर्डहल निर्माण समितिका अध्यक्ष श्रीहरि कुइँकेलले जानकारी दिएका थिए । बढीमा २ वर्ष्भित्र निर्माण कार्य सम्पन्न हुने हल निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले बताए । स्थानीय युवाको चाहनाअनुसार अन्तर्रा्ष्ट्रियस्तरको प्रतियोगिता गर्न मिल्ने गरी स्थानीयको प्रयासबाट कभर्डहल निर्माण हुने कुइँकेलले जानकारी दिए ।