अनाथ बालबालिकासँग इन्जिनियरको जन्मदिन

1101
views

सुर्खेत, ३, माघ । दैलेखका कमल विकले साझा घर नेपालमा आफ्नो जन्मदिन मनाएका छन । इन्जिनिएर कमलले जन्मदिनको अवसरमा वीरेन्द्रनगर–९ मा रहेको साझाघर नेपालमा अनाथ बालबालिकालाई फलफुल दिएर आफ्नो जन्मदिन मनाएका हुन ।

शनिवार माघ ३ गते जन्मदिन परेका दैलेखको भैरवी गाउँपालिका वडा नं–१ मा जन्मेका विकले अनाथ बालबालिकासँग रमाउँदै आफ्नो जन्मदिन मनाएको मा आफु निकै खुसि हुने र अनाथ बालबालिकालाई राहत मिल्ने उद्देश्यले यस बर्षको जन्मदिन साझा घर नेपालमा मनाएको बताए ।

उनले भने ‘कतिपय मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, अनावश्यक पैसा खर्च गरेर फजुल खर्च निकाल्छन्, अनावश्यक फजुल गर्नुभन्दा केहि सामाजिक कार्य गर्ने मनसायले फलफल बाँडेर जन्मदिन मनाएको हुँ उनले भने ।

विकले साथीहरु लगेर होटेलमा अनावश्यक पार्टी गरि खर्च गर्ने इच्छा नभएको र आगामी दिनहरुमा पनि साझा घर नेपाल मात्र नभएर अन्य असहाय, अनाथ बालबालिकाका लागि सहयोग गर्ने प्रतिवद्धा व्यक्त गर्छु ।’

कमल विक एकता कर्णाली इन्जिनियरिङ कन्ट्रक्सन प्रा.लि सुर्खेतका निर्देशकसमेत रहेका छन् ।