प्रधानमन्त्रीले डाम्ना गाईलाई भिरबाट खसाले–रिजाल

1107
views

पोखरा, ३, माघ । जनता पार्टीका केन्द्रिय सभापति तिलक बहादुर रिजालले प्रतिनीधि सभाका पूर्व सांसदहरुलाई डाम्ना गाईको संज्ञा दिदैं प्रधानमन्त्रीले भिरबाट लडाएको बताए ।

नेपालको संविधान असफल भएको उदाहरण दिदैं रिजालले असफल भएको संविधानको मारमा सांसद र लोकतन्त्र परेको उल्लेख गर्दै संविधान पुनर्लेखन जरुरी रहेको बताए ।

संगठन बिस्तारको सिलसिलामा जनता पार्टीले आज पोखरा नदिपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा जनपक्षीय संबिधान नभएको, जनभावनालाई समेटेर लान नसकेको, सरकार र संसदले ऐन नियमहरु बनाउन नसकेको आरोप लगाए ।

केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद चुच्चे नक्सा जारी गर्ने खुट्टा नटेक्ने भन्दै उनले गुमेको नेपाली भूमि फिर्ता गर्न संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने बताए ।

नेपाललाई प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्र प्रमुख र हिन्दु बौद्ध बहुधार्मिक राष्ट्र नेपाल बनाउनुपर्ने जोड दिंदै रिजालले सर्वपक्षीय सम्मेलनबाट संविधान निर्माण र पुनर्लेखन गर्नुपर्ने कुरामा विशेष जोड दिए ।

जनता पार्टीका केन्द्रीय सदस्य सुशील श्रेष्ठ, बसन्त केसी तथा लोकतन्त्रवादी युवा संघ केन्द्रीय सदस्य कमल जिसीले नेपालको संविधान असफल भएको कुरामा कुनै सन्देह नगरी आन्दोलनको आँधीवेहरी सिर्जना गर्न आम जनसमुदायलाई अपिल गरे ।

जनता पार्टीका केन्द्रीय सदस्य सुशील श्रेष्ठले जननिर्वाचित कार्यकारी राष्ट्र प्रमुखको एकल निर्णय चल्ने तानाशाही व्यवस्था अपरिहार्य रहेको उल्लेख गरे ।

जनता पार्टी जिल्ला सचीव राजु जिसीले राजाले राष्ट्र प्रमुखको चुनाव जितेर आए स्वीकार गर्न सकिने बताए ।