बागमतीसँग सुदुरपश्चिम, गण्डकीसँग प्रदेश एक भिड्दै

605
views

काठमाडौं, ५, माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई बागमतीसँग सुदुर पश्चिम र गण्डकीसाग प्रदेश भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सुदूरपश्चिमविरुद्ध मैदान उत्रदा बागमती प्रदेश लगातार दोस्रो जितको खोजीमा रहेको छ । बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई हराएको थियो । समूह ’बी’ मा रहेको बागमतीले २ अंक जोडेको छ । बागमती तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिमको यो पहिलो खेल हो ।

मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा हुने खेलमा गण्डकी र प्रदेश एक भिड्ने छन् । गण्डकी र प्रदेश एक दुबै पहिलो जितको खोजीमा हुनेछन् ।

समूह ’ए’ मा रहेको दुबै टिमले अंक जोड्न सकेका छैनन् । पहिलो खेलमा गण्डकी आर्मीसँग र प्रदेश एक एपीएफसँग पराजित भएको थियो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गरिरहेका छन् । १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।