कोरोनाको नयाँ प्रजातिको भाइरस नेपालमा पुष्टि

761
views

काठमाडौं, ५, माघ । बेलायतमा देखिएको कोरोना भाइरस कोभिड (१९) को नयाा प्रजातिको भाइरस नेपाल भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

उनीहरुको स्वाव हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको थियो । उक्त रिर्पोटमा तीनजनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको हो । पुष्टि भएकाहरु उनीहरु बेलायतबाट फर्किएका हुन् ।

बेलायतबाट ६ जना आएका मध्ये ३ जनामा नयाँ भाइरस देखिएको आशंकामा पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो ।

२८ वर्षीया महिला, ६७ वर्षीय र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ । उक्त भाइरस बेलायतमा देखिएको नयाँ भाइरस भएको पुष्टि भएको हो। तीनजनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल आरटी पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण देखिएको छैन ।