स्रोता दर्शकमा ‘किन माया लाउछ’

869
views

अर्जुन क्षेत्री
अमेरिका । लोकप्रिय सर्जक/गायक उदय भट्टराईले ‘किन माया लाउँछ’ लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गोर्खा नगरपालिका–१, हाल अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आएका सर्जक उदय भट्टराईको ‘किन माया लाउछ’ १३ औं गिती संग्रह हो ।

सर्जक भट्टराईको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । बियोगान्त कथा बस्तुमा निर्माण गरिएको उक्त गीतमा चर्चित गायक, गायिका खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा सजिएको छ ।

गीतको लय स्वयं उदय भट्टराईको रहेको छ । गीतको म्युजिक भिडियोमा युवा निर्देशक बिनोद भण्डारीले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा ओबी रायमाझी र रोशनी कार्कीको अभिनय रहेको छ । सर्जक भट्टराईका धोका दियौनी, धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलीजस्ता सफल गीतहरु बजारमा प्रस्तुत भैसकेका छन् ।

स्रोता दर्शकमाझ आएको ‘किन माया लाउँछ’ गीतको भिडियोमा फरक शैली अपनाईएको छ ।