जनताको त्यागमा ओलीको रजाई चल्दैन् : प्रचण्ड

730
views

काठमाडौं, ६, माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटनविरुद्ध जनतामा जाने बताएका छन् । प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जनताको बलिदानीबाट आएको भन्दै जनताको समर्पणमाथि केपी शर्मा ओली जि को कदम मान्य नहुने बताए ।

अखिल नेपाल महिला संघको भेलालाई सोमवार राजधानीमा सम्बोधन गर्दै उनले भने, “जनताले आफ्नो फैसला दिन ढिला गर्न हुँदैन । यसले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि सजिलो होला ।”

सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानुन व्यवसायीले लड्ने भएकाले जनताको बीचमा पुगेर प्रतिनिधि सभा विघटनविरुद्ध संघर्र्षको आँधी सिर्जना गर्न पार्टी नेता तथा कार्यकर्तालाई उनको आग्रह छ ।