पीएम कप क्रिकेटमा लुम्बीनी र प्रदेश २ तथा गण्डकी र कर्णाली भिड्ने

59
views

काठमाडौं, ६, माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज लुम्बीनी प्रदेशले प्रदेश–२ सँग खेल्दा मूलपानी मैदानमा गण्डकी र कर्णाली भिड्नेछन् ।

कीर्तिपुर मैदानमा समुह बी मा रहेको लुम्बीनी र प्रदेश २ को आज पहिलो खेल हो । उता समुह ए को गण्डकीले भने आज तेस्रो खेल खेल्दैछ । कर्णालीको आज दोस्रो खेल हो । प्रतियोगिता अन्तर्गत हिजोका खेलहरुमा बागमती प्रदेश र गण्डकी प्रदेश विजयी भए ।

राष्ट्रिय टिमका खेलाडीहरुको बाहुल्यता रहेको बागमतीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा हिजो सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनको फराकिलो अन्तरले पराजित ग¥यो । हिजै भएको अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर–१ माथि २ विकेटको रोमाञ्चक जित निकाल्यो ।