ह्वाइटहाउसमा बाइडनको प्रवेश, आज सपथ लिदैं

485
views

वासिङटन, ७, माघ । नवनिर्वाचित अमेरिकाका राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले आज शपथ लिँदैछन् ।

शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन रहेको छ । बाइडनको शपथ ग्रहणमा पनि सेनाले परम्परालाई निरन्तरता दिनेछन् । बाइडनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिनेछन् ।

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिने कार्यक्रम रहेको छ ।

शपथ ग्रहणपछिको सलामीपछि बाइडनले समारोहलाई सम्बोधन गर्ने बताइएको छ । शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ ।

शपथ समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति रहने बताइएको छ । यसैगरी जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेकले पनि प्रस्तुति दिने बताइएको छ ।