नेपाली सेनाद्वारा राहत बितरण

452
views

बारा, ७, माघ । नेपाली सेनाले यहाँका विद्यार्थीहरुलाई राहत उपलब्ध गराएको छ । बारा जिल्ला, जीतपुर–सिमरा उपमहानगरपालिका– १८ र १९ बडरहवाका बिपन्न मुसहर, पासवान तथा माझी समुदायका विदार्थीहरुलाई राहत वितरण गरेको हो ।

श्री बालबालिका प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई संभावित शितलहरबाट जोगाउन १५० थान राहतस्वरुप उपलब्ध गराएको हो ।

नेपाली सेनाको यसखालको गतिविधिले नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने बाहिनीपति सहायक रथी जोन्सन खड्काले बताए ।

श्री चन्दननाथ गणको सहकार्यमा श्री नं.२८ बाहिनीले सो राहत उपलब्ध गराएको थियो ।