नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयक अन्तक्रियात्मक विचार गोष्ठि हुँदै

947
views

सुर्खेत । माघ ९ गते सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि हुने भएको छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फउण्डेसनको सहआयोजनामा यहि माघ ९ गते सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारीको सभाहलमा हुन लागेको हो ।

विचार गोष्ठीमा प्राध्यापक डा. ताराकान्त पाण्डे, सहप्राध्यापक डा.मधुसुदन गिरी, प्राध्यापक डा.जगदीशचन्द्र भण्डारी,पुर्व क्याम्पस प्रमुख महेन्द्र गिरी,हिरामणि दुखी,साहित्यकार एमपि पाण्डे,साहित्यकार मित्रलाल पंगेनी लगायतको टोली आउने हर्कबहादुर शाही स्मृति फाउण्डेसनका अध्यक्ष दिपक बहादुर शाहीले बताए ।

प्रस्तुत गर्ने कार्य पत्रमा प्राध्यापक डा. ताराकान्त पाण्डे र सहप्रध्यापक डा. मधुसुदन गिरीले प्रस्तुत गर्ने कार्यपत्रमा प्राध्यापक डा. जगदीशचन्द्र भण्डारी र पुर्व क्याम्पस प्रमुख महेन्द्र गिरीले टिप्पणी गर्ने कार्यक्रम रहेको अध्यक्ष शाहीले जानकारी दिए । उनले भने, ‘विचार गोष्ठीमा प्रगतिशील गीत,गजल,कविता,निबन्ध लगायत प्रगतिशील साहित्यका विभिन्न विधाहरुमा प्रस्तुत गर्न सकिने छ ।