प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध दाहाल–नेपाल समुहको शक्ति प्रर्दशन

915
views

काठमाडौं, ९, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनीधि सभा भंग गरेपछिको राजनीतिक तरंग उत्कर्षमा पुगिरहेका बेला ओलीको उक्त कदमकाविरुद्ध प्रचण्ड–नेपाल समुहले राजधानीमा शक्ति प्रर्दशन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधव कुमार नेपाल समूहले प्रतिनिधिसभा भंग गरेको विरोधमा आज काठमाडौंमा वृहत्त आमसभा गरेको हो ।

लाखौंको संख्यामा उर्लिएको जनमास अहिले काठमाडौको विभिन्न स्थानबाट झाँकीसहितको नारा जुलुश निस्किरहेको छ । विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डपमा आमसभा गरी समापन गर्ने कार्यक्रम तय भएको छ ।

आमसभामा अध्यक्षद्धय दाहाल र नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।