ओलीलाई दण्ड दिन सुरु गरिसक्यौं–माधव नेपाल

910
views

काठमाडौं, ९, माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्ति प्रर्दशनलाई कास्टिङ मात्र भएको बताउँदै ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसकेको बताएका छन् ।

आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेपालले अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताए ।

सक्कली फिल्मको सुरुवात हुन बाँकी रहेको बताउँदै नेपालले ओलीले संविधानमाथि कू गरेर देशलाई बर्बाद पार्न खोजेको उल्लेख गरे ।

ओली तानाशाही भएको आरोप लगाउँदै अध्यक्ष नेपालले आफूहरु ओलीको एकाधिकारवादी व्यवहारबाट नझुकेको बताए । उनले भने,‘केपी ओलीसँग झुक्दैनौं, सँगै जाने कुनै सम्भावना छैन ।’

ओलीले विदेशीलाई प्रयोग गर्न खोजेको आरोप समेत लगाए । उनले भने,‘विदेशीसँगको कूटनीतिक सम्बन्धलाई समेत प्रयोग गर्न खोजे ।’ ओली सिद्धान्तमा विश्वास गर्ने मान्छे नभएको टिप्पणी गरे ।