केपी ओलीलाई तह लगाउन सकेनौं–प्रचण्ड

518
views

काठमाडौं, ९, माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेको बताएका छन् ।

आफ्नो समूहले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति र ओलीलाई तह लगाउन नसकेको बताए ।

प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरे । यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गरे ।

उनले अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं ।