मर्मतपछि सुक्यो पर्वतको ठुलीपोखरी

1500
views

महेन्द्र जिसी
पर्वत, ९, माघ । पर्वतको एैतीहाँसिक ठुलोपोखरी मर्मतपछि सुख्खा बन्दै गएको छ । गण्डकी प्रदेश पर्यटन वन तथा उद्योग मन्त्रालयको आर्थिक सहयोगमा मर्मत गरिएको ठूलीपोखरी मर्मतकै कारण अहिले सुख्खा भएको हो ।

कुश्मा १२ ठुलीपोखरीमा रहेको पोखरीमा मर्मतपछि स्थानीयले खेलकुद ग्राउण्डको रुपमा प्रयोग गर्दैै आएका छन । दुई आर्थिक वर्षको ५० लाख बजेट खर्चिएर मर्मत गरीएको पोखरीमा पानी नरोकिएको स्थानीयले बताएका छन ।

स्थानीय ८६ वर्षिय भुवानी प्रसाद शर्माले विगतमा हिँउदभरी चौपायले पिउन तथा सिँचाईमा उपयोग हुने पोखरीको पानी मर्मतपछि सुक्दै गएको बताए ।

वि सं १९६३ सालमा निर्माण भएको पोखरी जिल्ला कै एैतिहाँसिक पोखरी रहेको हो । ५१ मिटर लम्वाई र ३५ मिटर चौडाई भएको पोखरीमा अहीले चारै तिर रेलिङ पर्खाल निर्माण गरीएको छ ।

विगतमा ढुङ्गाको पर्खाल लगाउँदा रोकिएको पानी अहिले सिमेन्ट पर्खाल लगाइएको भएपनि पानी नरोकीएको हो । अर्कोतर्फ डोजर प्रयोगका कारण भएका मुल पनि लुकेको स्थानीले बताए ।

विगतमा लामा गैरे र छोटा गैरे नामका दुई खाडलमा वर्ष भरी पानी हुने गरेकोमा अहीले सुकेको ठूलीपोखरी–का वडा सदस्य महेन्द्र सुवेदीले बताए ।

उपभोक्ता समिति मार्फत आर्थिक वर्ष ०७६/०७७ मा १० लाख र ०७७/०७८ मा ४० लाख गरी ५० लाख खर्च गरेको पोखरीमा कर्मचारीको अभावमा निरन्तर निग्रानी नहुँदा मर्मतमा त्रुटी हुनुका साथै पानी सुक्न गएको हुनसक्ने भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका ईन्जिीनयर रामचन्द्र तिमल्सेनाको भनाई छ ।

हिउँदे पानीको उपायोगका लागि पुर्खाहरुले पानी संकलन गर्न निर्माण गरेको पोखरी मर्मतले राम्रो भएपनि पानी नरोकीएपछि अहिले रंगशाला जस्तो भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

स्थानीयका अनुसार वर्षादमा पानी संकलन गरेर हिउँदमा चौपायालाई खुवाउन तथा खेतीवालीमा सिंचाई गर्न प्रयोग हुँदै आएको पोखरीको पानी मर्मतपछि सुख्खा बनेको हो ।

पोखरी गण्डकी प्रदेश पर्यटन वन तथा उद्योग मन्त्री विकास लम्सालबाट उद्घाटन भई मर्मत कार्य भएको थियो ।