पूर्वजनमुक्ति सेनाले विगतमा जस्तो धोका पाउँदैनन्

600
views

काठमाडौं, १०, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले नेतृत्वबाट विगतमा जस्तो धोका नपाउने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाटका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धका अवधिमा उनीहरुले पुर्याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेटवार्ताबारे जानकारी दिँदै सामाजिक सञ्जाल फेशुबकमा लेखेका छन्,–” पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्दै भन्नुभएको छ(“जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ ।

नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैं ।