नयाँ भाइरस धेरै खतरनाक–प्रधानमन्त्री जोनसन

437
views

माघ, ११, गते । बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएका बेला बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण धेरै खतरनाक भएको बताएका छन् ।

‘यो भाइरस पहिलेको तुलनामा धेरै खतरा छ’, प्रधानमन्त्री जोनसनले शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सबै नागरिकले पहिलेभन्दा पनि अझ बढी सुरक्षा मापदण्ड अपनाउनुपर्ने हुन्छ ।’

उनले यो भाइरस पहिलो पटक गत महिना मात्र इंग्ल्यान्डको केन्टमा देखिएको उल्लेख गरे । नयाँ प्रजातिको भाइरस पुरानोभन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा संक्रमण फैलिने खालको रहेको उनको भनाइ थियो ।

नयाँ स्वरूपको भाइरस ६० देशमा पुगेको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत साता मात्र १० वटा देशमा पुगेको हो ।

बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो संक्रमण पुरानोभन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् ।