सुदूरपश्चिमका लागि १७ हजार कोरोना भ्याक्सिन

471
views

धनगढी, ११, माघ । भारत सरकारबाट अनुदानमा आएका १० लाख डोज कोरोनाका भ्याक्सिन मध्ये सुदूरपश्चिमका लागि १७ हजार डोज आउने भएका छन् । आइतबार काठमाडौंबाट धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश स्थास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका लागि १७ हजार डोज भ्याक्सिन ‘रेफ्रीजरेटर भ्यान’ बाट आइरहेको केन्द्रले जनाएको छ ।

कोरोना भ्याक्सिन पहिलो चरणमा अग्रपङ्तीमा काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव बाहनका कर्मचारी, एम्बुलेन्स चालकहरु र शव ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई लगाउने कार्यविधि बनाएको छ ।

‘काठमाडौंबाट रेफ्रीजरेटर भ्यानमा भ्याक्सिन बोकेको गाडी हिंडिसकेको खबर आएको छ, त्यसले बुटबल, नेपालगञ्जका लागि पनि भ्याक्सिन बोकेको छ, सोमबार बेलुकीसम्म धनगढी पुग्ने सम्भावना छ’, सुदूरपश्चिम प्रदेश स्थास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निमित्त निर्देशक पदम विष्टले जानकारी दिए ।