बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

1767
views

पर्वत । स्पेनिस लिग फुटबलमा गएराति बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन् । लिग लिडर एथ्लेटिको मड्रिडले भ्यालेन्सीयालाई ३–१ ले हरायो । खेलमा एथ्लेटिकोलाई विजयी गराउन हुँवा फेलिक्स, लुइस सुवारेज र एन्जल कोरियाले एक एक गोल गरे ।

पराजित टोली भ्यालेन्सीयाका उरोस रासिचले पहिलो गोल गरेका थिए । जितसँगै एथ्लेटिको मड्रिडले शिर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ । लिगमा १८ खेलबाट एथ्लेटिको मड्रिडको ४७ अंक छ । एक खेल बढी खेलेको रियाल मड्रिड ४० अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको बार्सिलोनाको ३७ अंक छ ।

गएराति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २–० ले हरायो । एल्चेको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन फ्रेङ्की डे योङ र रिचार्ड पुजले एक एक गोल गरे । ला–लिगाका अन्य खेलहरुमा ओसासुनाले ग्रानाडालाई ३–१ ले हराउँदा सेल्टा भिगो र आइबारले १–१ गोलको बराबरी खेलेका छन् । एजेन्सी