ट्रम्पको कोरोना खोप वितरण भद्रगोलपूर्ण र सीमित : ह्वाइटहाउस

630
views

एजेन्सी । ट्रम्प प्रशासनको कोरोना भाइरस विरुद्धको खोप वितरण कार्य भद्रगोलपूर्ण र निकै सीमित रहेको ह्वाइटहाउसले जनाएको छ । राष्ट्रपति जो बाइडनका चिफ अफ स्टाफ रोन क्लेनले संघीय सरकारसामु अमेरिकामा खोप वितरण गर्ने कुनै योजना नरहेको बताएका हुन् । उनले खोप वितरण एउटा ’जटिल’ प्रक्रिया भएको बताए ।

ह्वाइटहाउसमा आउदा नर्सिङ होम र अस्पतालबाहिर अर्थात् समुदायमा खोप वितरण गर्ने प्रक्रिया निर्धारण नगरिएको पाइएको क्लेनले उल्लेख गरेका हुन् ।

खोपहरू राज्य र सहरहरूमा पठाइए पनि केहीले त्यसको वितरणमा संघर्ष गर्नुपरेको देखिएको छ । राष्ट्रपति जो बाइडनले कार्यकालको सुरुवाती एक सय दिनभित्र १० करोड डोज खोपको बाचा गरेका छन् ।

तर शनिवारसम्ममा चार करोड १० लाखलाई खोप दिइएको छ । एक सय दिनमा १० करोडलाई खोप दिने उनको योजनालाई कतिपयले महत्वाकांक्षी भनेका छन् ।

मोडेर्ना र फाइजर कम्पनीले मार्च महिनासम्म अमेरिकालाई २० करोड खोप उपलब्ध गराउने बाचा गरेका छन् । अमेरिकामा अहिलेसम्म २ करोड पचास लाखभन्दा धेरैमा कोरोना भाइरस पुष्टि भएको छ । ४ लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ ।