सुर्खेतमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ

889
views

सुर्खेत । ड्युटिमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई पक्राउ गरिएकोे छ । आकस्मिक चेकजाँचको रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका ट्राफिक प्रमुख उपेन्द्र प्रसाद आचार्यको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का ३२ वर्षिय गौतम वादीलाई पक्राउ गरिएको ट्राफिक प्रमुख आचार्यले बताए ।

सुर्खेत नेपालगंज सडक खण्डमा संचालन हुँदै आएका सवारी साधनलाई चेकजाँचका क्रममा टिउटिमा खटिएका ट्राफिक प्रहरीलाई एक सय रुपैँयाको नोट कागज भित्र राखि दिन खोजेकाले वादीलाई पक्राउ गरि आवश्यक कानुनि कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको ट्राफिक प्रमुख आचार्यले जानकारी दिए ।

 ‘ट्राफिक नियम उल्लघंन गरी उल्टै प्रहरीलाई प्रलोभन पार्ने कोही कसैले छुटकारा पाउँदैनन’, उनले भने, ‘ट्राफिक नियम भनेको ट्राफिक प्रहरीका लागि मात्रै नभएर, नागरिकले हामी सबैका लागि हो भन्ने बुझ्नुपर्छ । तब मात्रै यस्ता घटना दोहोरिदैँनन्’

उनले सबै नागरिकले सवारी साधनका आवश्यक कागजात साथमा लिनुपर्ने र ट्राफिक नियमको पालना गर्न समेत आग्रह गरेका छन । यसअघि पनि ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पारी नगद रकम दिन खोज्ने ६ जनालाई पक्राउ गरिएको थियो ।