प्रचण्ड–नेपालले धामी नाच नाचिरहेका छन्–ओली

557
views

दाङ, १२, माघ । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले ‘ आँफ्नो चाहाना स्वस्थ राजनीति हुनुपर्छ भन्ने रहेको तर, अस्थिरता खोज्ने र आफ्नो स्वार्थमा रहेर धामी नाच देखाइरहेको बताएका छन् । दाङको देउखुरीमा सोमवार नेकपाले गरेको वृहत जनसभालाई सम्वोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

आफुहरुले सुमधुर धुन बजाउँदा दाहाल(नेपाल समूह धामी नाच नाचिरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री तथा

प्रधानमन्त्री ओलीले निर्वाचन हारेकाहरुले रेष्टुरेन्ट र चौतारीमा बसेर आफुलाई कारवाहीको नाटक गरेको भन्दै राजनीति सिकाएकाहरुले मलाई नै पार्टी अध्यक्ष र साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको व्यङ्ग गर्दै पार्टी फुटेको छैन् गल्ती महशुस गरेर आए स्वागत गरिने बताए ।

राजनीतिक अस्थिरता ल्याउने र देशलाई बन्दी बनाउने तत्वहरुलाई ठेगान लगाउन निर्वाचन घोषणा गरिएको समेत ओलीको भनाई थियो ।

प्रचण्ड र नेपाललाई लक्षित गर्दै उनले लडाइँमा जुधाईमा सिङ फुक्लिएको तिल्के साँढे जसरी (भाँचिएको) फुक्लिएको सिङ लिएर हिँडिरहेकोहरुले धेरै फाँफु गर्नुको औचित्य छैन ।