सुर्खेतमा पहिलो पटक बुट क्याम्प हुँदै

516
views

सुर्खेत । सुर्खेतमा बिजनेश इन्कुवेसन बुट क्याम्प हुने भएको छ । सुर्खेतमा पहिलोपटक बुट क्याम्प हुन लागेको हो । पाँच दिनसम्म चल्ने बुट क्याम्पमा २३ जना सहभागी हुने छन् ।

नयाँ उद्यमी उत्पादन गर्ने र भइरहेका उद्यमीलाइ थप सफलतातर्फ उन्मुख बनाउने उद्देश कार्यक्रम आयोजना गर्ने लागिएको फाउण्डनेशनका संयोजक गौरव देवकोटाले जनाए ।

आजदेखि सुरु हुने बुट क्याम्पमा २३ जनालाई तालिम दिने छन् । कर्णाली कन्जरभेडिक कर्णाली बेशीन कन्जरवेसन फाउण्डनेशन र युएसएआइडीको संयुक्त आयोजना गर्न लागेका हुन् ।

तालिमपश्चात पाउण्डेशनले साना तथा लगु उद्यमीलाई लगानीमैत्री वातावरण तयार गर्न सहयोग गर्ने जनाएको छ ।