व्यवसाय बढाउन दुना–टपरी बनाउने मेसिन सहयोग

859
views

पर्वत, १३, माघ । पर्वतको जलजला गाउँपालिकाले आमा समुहलाई दुना –टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । गाउँपािलकाले खरिद गरेको सो मेसिन वडा नम्बर–४ को कामना आमा समुह, वडा नं–७ को भगवति आमा समुह र ८ को लस्ती फर्से महिला समुहलाई गरी तीनवटा विद्युतीय मेशिन सहयोग गरिएको हो ।

महिलाहरुको आयआर्जनमा सघाउ पु¥याउने विश्वासका साथ उपलब्ध गराइएको मेसिनले दुना–टपरीको व्यवसायमार्फत महिलाहरुलाई उद्यमशिल बनाएर जिविकोपार्जनमा सघाउने गाउँपालिका–४ की उपाध्यक्ष सिमा गर्बुजा पुनले बताईन् ।

कार्यक्रममा वडा अध्यक्ष भिष्म मल्लले मेसिनको सदुपयोग गरी आयआर्जनलाई बढवा दिन र वडलाई पलाष्टिक मुक्त गर्न आग्रह गरे ।

आमा समुहकी अध्यक्ष चिनु जिसीले पहिले हातले बनाउनुपर्दा उत्पादन थोरै हुने र समयको लागत बढ्ने अवस्थामा गाउँपालिकाले दिएको विद्युतिय मेशिनले समयको सदुपयोगसँगै उत्पादन वृद्धि हुने बताईन् ।

पुजा, विवाह, छेवर लगायत ठुला मेला महोत्सवमा दुना टपरीको प्रयोग गरिदैं आएको छ ।