भारतीय दुतावास अगाडी नेकपाको विरोध प्रर्दशन

777
views

दार्जिलिङ राज्यबाट दमन भएको भन्दै विप्लव नेतृत्वको नेकपाले राजधानीमा विरोध प्रदर्शन गरेको छ । गोर्खाल्याण्डको माग गर्दै आन्दोलनमा उत्रिएका नेपालीभाषी समुदायमाथि भारत सरकारले दमन गरेको नेपाल कम्युनिष्ट पार्टीले दूताबास अगाडि विरोध प्रदर्शन गरेको हो । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा निस्किएको जुलुस लैनचौरमा पुगेको छ । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले दार्जिलिङमा नेपाली भाषी भएकै कारण भारत सरकारले दमन गरेको बताए । वास्तोलाले नेपालीभाषीको मात्र दमन नभई मानवअधिकारकै घोर उल्लंघन भएको पनि बताए । भारतकै अन्य राज्यका जनताले आन्दोलन गर्दा सुनुवाई भएपनि दार्जिलिङमा दमन भएको भन्दै उनले गोर्खाल्याण्डको मागलाई नेपालसँग जोडेर नहेर्न आग्रह गरे । उनले गोर्खा ल्याण्ड आन्दोलनलाई नेपालसँग हेरेर दमन नर्गन सुझाए ।