आजबाट सातै प्रदेशमा कोरोना खोप लगाईदै

568
views

काठमाडौं, १४, माघ । सरकारले कोरोना भाइरस संक्रमणविरुद्ध आज बुधबारदेखि खोप अभियान सुरु गर्दै छ । कोरोना भाइरसविरुद्धको खोप ढुक्क भएर लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन् । खोप आज सातै प्रदेशबाट लगाउने कार्यक्रम रहेको छ ।

कोरोनाविरुद्धको खोप लगाएपछि कसैलाई कुनै असर नदेखिएपनि कसै–कसैलाई सामान्य असर जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुनसक्ने देखिन सक्छ । खोप लगाएको ठाउँमा दुख्न सक्छ । डाबर देखिन सक्ने जनाइएको छ ।

मुलुकभर ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखी सातवटै प्रदेशमा खोप ढुवानी भइसकेको छ ।

‘यो खोप सुरक्षित र प्रभावकारी छ’, खोप शाखा प्रमुख डा. झलक गौतमले भने, ‘अरू मुलुकले नपाउँदै हामीले पाएका छौं, ढुक्क भएर लगाउन सकिन्छ ।’