हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज २ खेल हुँदै

483
views

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज २ खेल हुँदैछ।

पहिलो खेल दिउँसो १ बजे एफसी रियाले काठमाडौं र सेन्ट्रल कलेज भरतपुर क्लबबीच हुनेछ। दिउँसो ३ बजेदेखि शुरू हुने दोस्रो खेलमा सर्लाही जिल्ला फुटबल संघ र आयोजक एफसी विजय युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ।

हेटौंडा(१० मा रहेको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा माघ १६ गतेबाट जारी प्रतियोगितामा मकवानपुरका २ सहित देशभरका विभिन्न १० टीमले भाग लिएका छन्। प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा राप्ती र दुधौली स्पोर्टस क्लब विजयी भएका थिए।

यही माघ २३ गतेसम्म हुने प्रतियोगितामा विजेताले नगद ३ लाख र उप(विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदीप राजवाहकले जानकारी दिए।