म्यानमारको सेनाले सत्ता नछोडे कार्वाही गर्ने अमेरिकाको चेतावनी

1069
views

काठमाडौं, २०, माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने चेतावनी दिनुभएको छ ।

बाइडनले म्यानमारको सेनालाई तत्काल सत्ता छोड्न भन्दै अन्यथा अमेरिकाले उचित कदम चाल्ने चेतावनी दिनु भएको हो ।

अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयभीत पार्ने भनि व्याख्या गरेका छन् । यसबारे छलफल गर्न आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्दैछ । एजेन्सी