संवैधानिक निकायमा सिफारिस भएकाहरु सपथ लिदैं

629
views

काठमाडौ, २१, माघ । विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस भएका व्यक्तिहरुले आज सपथ लिदैंछन् । संवैधानिक परिषदले नियुक्ति गरेकाहरुले आज राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर लगायतले सपथ ग्रहण गर्न लागेका हुन् । अध्यक्षलाई राष्ट्रपतिले र अन्यलाई अध्यक्षले शपथ खुवाउने संवैधानिक प्रावधान छ ।

गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्ति, सिफारिस गरेको थियो ।