संविधानको शब्दमा समान अधिकार सुनिश्चित भएपनि नारीमाथि हुने विभेद कायमै

398
views

संविधानमा जे लेखिए पनि धर्म, संस्कृति र परम्पराको नाममा महिलामाथि हुने भेदभावलाई समाजले स्वीकृति दिँदै आएको छ ।

यौन हिंसा पुराणकालदेखी आजसम्म एक शताब्दी लामो संघर्षपछि पनि लैंगिक लगायत विभिन्न भेदभाव फरक(फरक रूप र प्रकृतिमा संसारभर कायम छ ।

नेपालको संविधानले शब्दमा समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने विभेद जारी नै

 

राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजिबजार संघ

देखिन्छ । नेपालको कुन संस्कृति र धर्मले महिलालाई सहानुभूति दिएको छ होला र ?

माघ शुक्ल पुर्णिमा देखि एक महिना सम्म नारीहरु अत्यन्त श्रद्धासाथ अहिले माघको जाडोमा घरमा आगो तापेर वा वातानुकूलित कोठामा आनन्दसँग नबसेर नदी तटका धर्मशालामा वसेर महिना दिन लामो वर्त गर्छन् परिवारका लागि । तर विडम्वना १ नारीले गर्ने नारीरुपी वर्तकथामा वर्त पुरा गरि प्रसाद झिक्ने बेलामा ‘आठ आठ छुट्टाएर ‘। पतिलाई दिनु, पति नभए मित छोरालाई दिनु, छोरो नभए मित छोरालाई दिनु, मित छोरो नि नभए मेरो फलानो कामना सिद्ध होस भनि गंगामा वगाउनु, भनेर कति ठुलो विभेद गरिएको छ यहाँ नारीमाथी ?

मित छोरा नभए प्रसाद खोलामा फाल्ने तर आफ्नै कोखकि सन्तान छोरीलाई दिन नहुने ? आफ्नो ‘रगत’ छोरी भन्दा अर्काको छोरो कहाँबाट नजिक भयो ? कुन भगवानको उर्दि हो यो ? जवकी महादेवसँग (पार्वती, बिष्णुसँग (लक्ष्मी, रामसँग( सीता र कृष्णसँग (राधा, यसरी नारी पुरुष सँग( सँगै देखिन्छन् । तर धार्मिक विधी बनाउनेहरुले किन यसरी विभेदको मसी पोखेर नारीप्रती अन्यायी नजिर लेखिदिए ?

          नारीले गर्न नहुने र गरेमा पाप लाग्ने उपदेश – ‘आफ्नो श्रिमानलाई रिस गरेर हेरे डेढी हुन्छे, पुरुषको आज्ञा पालन नगरे पापिनी हुन्छे ।’ तर नारीमाथी अन्याय गर्ने पुरुषका लागि खै त कुनै पापका प्रावधानहरु ? पत्नीमाथी हात उठाउने पति डुंडो हुन्छ, जाँड खाएर पत्नीलाई तथानाम गाली गरेमा लाटो हुन्छ, महापातकी हुन्छ यस्ता प्रसँगहरु खै त ? निष्ठा र इमानदारी केवल नारीहरुमा खोजिएको छ, पुरुषहरुमा खोई त ?

असल पति पाउनका लागि नारीहरु आज पनि बर्त बस्छन् तर खै त पुरुषले असल पत्नि प्राप्तिका लागि गर्नुपर्ने वर्त ? किन वनाइएनन् त्यस्ता वर्तहरु, जो पुरुषले गरुन त्यो पनि नारीहरुका लागि ? यस्ता थुप्रै प्रंसग छन् हाम्रो सनातन धर्मसंस्कार अनि परम्परा र संस्कृतिभित्र 

अहिले विश्वभर ” शक्तिको विमर्ष ” चलिरहँदा हामी भने पानी नै नपिइ माहादेव जस्तो लोग्ने पाउने आशका लागि समर्पित छौं १ पितृ सत्ताको जरो हामिमा यसरी गाडिएको छ कि हामी आफैं खुट्टामा बाँधिएको सालो छुट्टाउन किन खोजिरहेका छैनौं ? किन हामि परम्परालाई धानिरहेका छौं बिरालो बाँधेर श्राद्ध गरेझैं ? भन्नलाई त भन्छौं हाँमि नै – “नारी आधा आकाश तर आधा हिस्सामा किन अधिकार जमाउन सकेका छैनौं ?

युगौंदेखि शासकहरूले आफ्नो स्वार्थपूर्तिका लागि समाजमा रोपिदिएको अन्धविश्वासको संस्कृति जादुको छडी चलाएझैं छु मन्तर गरेर हटाउन सम्भव छैन । हो, परापूर्वकालदेखि समाजमा चल्दै आएका कतिपय धर्म, संस्कृति र परम्पराहरू राम्रा छन् । त्यसको हामी सबैले संरक्षण गर्नुपर्छ ।

कतिपय समयसापेक्ष सुधार गर्नुपर्ने छ, त्यसलाई सुधार गर्दै लैजानुपर्ने हुन्छ भने कतिपय जबर्जस्ती भत्काउनुपर्ने पनि हुन्छ । धर्म, संस्कृति र परम्पराका नाममा यस्ता मानवताविरोधी कुराहरू बोकेर हिँड्नुहुँदैन ।

समाजमा संस्कार रातारात निर्माण हुँदैन । संस्कार निर्माणका लागि सयौं, हजारौं वर्ष समाजले खर्च गरेको हुन्छ । अग्रगामी संस्कारले समाजलाई ऊर्जा दिन्छ, अग्रगमनतिर लैजान्छ । पश्चगामी संस्कारले समाजलाई प्रतिगमनतर्फ धकेल्छ ।

धार्मिक पुस्तकहरु पनि पुरुषहरुद्धारा रचिएका हुनाले त्यहाँ नारीलाई महत्व दिनुभन्दा दबाउने तिर नै बढी सचेतता देखिन्छ ।

द्रोपदीलाई चिरहरण गर्न खोज्ने दुर्योधनको नकामलाई कसैले रोकेको थिएन । भीष्मजस्तो वलशाली र नैतिकवान पुरुषहरु पनि दुर्योधनको त्यो काममा मानौ मूक साक्षी थिए । युधिष्ठरले द्रोपदीको सुन्दरतामा मुग्ध भएर सवै पाण्डवले विवाह गर्नुपर्ने मान्यता बनाएर द्रोपदीलाई वस्तु नै ठानेर जुवामा हारेका थिए । युधिष्ठिरको यो कार्यलाई पनि समाजले स्वीकृति दिएर द्रोपदीको शरीरमाथी हिंसा नै गरेका थिए । सीताले पनि यौन हिंसाकै कारण जीवनभर सुख पाउन सकिनन् ।

पाश्चात्य साहित्यमा पनि अरिसिटोटलले दुखान्त नाटकका चरित्रका विषयमा चर्चा गर्दा नारीलाई दासभन्दा केही माथि राखेका छन् १
संस्कृतिको नाममा यस्ता विकृतिलाई मान्नुहुन्न । यसलाई भत्काउनै पर्छ । तर भत्काउनुको अर्थ ध्वंस गर्नु मात्रै होइन, मुख्य कुरा निर्माण गर्नु हो । बदलाभावले प्रेरित भएर गरिएको ध्वंसले निर्माण गर्न सकिँदैन । के हामी नारी पितृसत्ताको बदलामा मातृसत्ता स्थापित गर्न चाहान्छौं ? पक्कै चाहादैनौं ।

परम्पराको नाममा सती प्रथाको माध्यमबाट लाखौं, करोडौं निर्दोष महिलाहरूको क्रूरतापूर्वक ज्यान लिने देश हो( भारत र नेपाल । मृतक पतिको चितामा पत्नीलाई जबर्जस्ती जिउँदै जलाउन गर्व गर्ने, धर्म देख्ने पुरुषप्रधान समाज हो, नेपाल र भारत । धर्म र परम्पराको नाममा निर्दोष नारीलाई पतिको चितामा जबर्जस्ती जिउँदै डढाएर पुण्य कमाउने समाज हो हाम्रो ।

बि. सं. १९१० को मुलुकी ऐनमार्फत सती प्रथा रोक्नखोज्ने जङ्गबहादुर राणाको चितामा ४२ रानीहरूलाई जबर्जस्ती जिउँदै डढाउने देश हो नेपाल । चन्द्रशमशेरले बि। सं। १९७७ मा यस प्रथामाथि बन्देज नलगाएको भए अरु कति थप निर्दोष नारीहरूको जीवन पतिको चितासँगै खरानी हुन्थ्योहोला । सम्झदा मात्र पनि रिंगटा लाग्छ ।

अन्तरविरोध होस् वा अशिक्षा र असल संस्कारको अभावमा एक महिलाले अर्काको खुट्टा तान्ने प्रवृत्ति होस् । यसले हामी महिलाहरूलाई पछि पारिरहेको छ । हरेक पाइला पाइलामा हामि नारिले संघर्ष गर्नैपर्छ । युक्ति नै छ नि, कुमारी हुँदा पिता, यौवनकालमा पति र बुढ्यौलीमा पुत्रद्धारा रक्षीत हुनुपर्ने नारी कुनै पनि अवस्थामा स्वतन्