अष्टलक्ष्मी शाक्यसहित नेता कार्यकर्ता पक्राउ

530
views

काठमाडौं, २२, माघ । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले घोषणा गरेको आम हड्तालको दिन बिहीबार बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ ।

प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो । आगजनीबाट ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ ।

यसैबीच बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई कलंकीबाट गिरफ्तार गरेको जानकारी दिए ।

अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ । बिहीबार बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा उत्रिएका छन् ।