बैतडीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु

320
views

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका २ का ४० वर्षीय टिप्पर चालक हिक्मत सिंह साउँद रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। साउँदको घटनास्थलमै मृत्यु भएको हो।

पाटन–पञ्चेश्वर सडकखण्डको शिवनाथ गाउँपालिका ३ मडमा आज बिहान ९ बजे टिपर दुर्घटनामा परेको हो। सुपप्र ०१–००१–१५४८ नम्बरको टिप्पर सुल्लेखानबाट मडतर्फ गइरहेको प्रहरीले जनाएको छ।

टिपरमा चालक मात्रै सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन्। दुर्घटनाग्रस्त टिपर सडकबाट २०० मिटर तल खसेको छ।