क्यान पर्वतको कार्यालय स्थापना

1315
views

पर्वत, २५, माघ । कम्प्यूटर एशोसियसन महासंघ नेपाल पर्वत क्यानले ग्लोरी कम्प्यूटर वर्ल्डमा कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन क्यान गण्डकीका अध्यक्ष तुलसी पाण्डेले गरे । क्यानको कार्यालय स्थापनाका लागि ४० हजार रुपैया बराबरको फर्निचर क्यान गण्डकीका अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीका निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाले गरेका थिए ।

कार्यालय ब्यवस्थापन गर्न तीन बर्षको लागि पर्वत क्यानका निबर्तमान अध्यक्ष गोपिनाथ तिमिल्सिनाले निशुल्क उपलब्ध गराएका छन् ।

सो अवसरमा कम्प्यूटर एशोसियसन महासंघ नेपालक केन्द्र र प्रदेशको तालिकाअनुसार क्यान पर्वतको पाँचौ बार्षिक साधारण सभा समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै कम्प्यूटर एशोसियसन महासंघ नेपालका केन्द्रिय सदस्य कुमार पौडेल क्यान पर्वतले आकार ग्रहण गरेको बताए ।

कार्यक्रममा क्यान गण्डकीको अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीका निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाको सहभागिता थियो ।

कार्यक्रम संयोजक एंव क्यान पर्वतका सदस्य उत्तम के.सी.ले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा क्यान गण्डकीका अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीको निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाले शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेल, क्यान पर्वतका अध्यक्ष खडकबहादुर गुरुङ (मदन) ले धन्यवाद तथा पर्वतका सह–सचिव मिलन पौडेलले सञ्चालन गरेका थिए ।