असुरक्षाको आतंकले हामी नारीहरू मानसिक रोगी बन्दैं छौँ

769
views

 

राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ

प्रिय बहिनी भागरथी ! पुनः एकपटक भावपूर्ण श्रद्धाञ्जली !

बैतडी जिल्लाकी १७ बर्षीय भागरथीको मृत्युमा परिवार आफन्त मात्रै होइन हामी सारा नेपाली आँशुमा डुबेका छौं ।

हामी सबै उनको शोकमा कान्तिहीन भएका छौं । वनमाराको झाडिमा जिउँभरी निलडाम र कपडा च्यातिएको अवस्थामा उनको शव भेटिएको थियो ।

परिवार र आफन्त न्यायको निम्ति अहोरात्र भौंतारिएका छन् । आमा रूँदारूँदा सुकेर सिठ्ठो 

भइसक्नुभयो । हत्याराले उनको स्वणिर्म सपना सधैँका लागि समाप्त गरिदियो । समाजमा एउटा भयानक सन्त्रास पनि रोपिदियो । साँच्चै भागरथी ! यो समाजमा खरपाखोको डढेलोझैँ फैलिरहेको बलात्कार, हत्या, देखेर हामी बाँचेका सबै नारीहरू सन्त्रस्त छौं ।

खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । यस्ता दुःखद घटनाले नेपाल र नेपालीको शीर अन्तरराष्ट्रियरूपमै झुक्न पुगेको छ । विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ ।

नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला भएकोमा कति धेरै गर्व गरेकी थिए । अहिले पनि गर्व नै गरिरहेकी छु । तर, सम्माननीय राष्ट्रपतिज्यू ! रिसानी माफ होस्। यस्तो बेलामा हजुर पनि नारी हुनाको नाताले हामी नारीहरूको सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ, त्यतातिर पो गम्भीर भएर सोच्नु पर्ने होइन र रु मानौं देशमा केही भएको छैन ।

निर्मलाहरूले न्याय पाइसके । सब ठीकठाक भइसक्यो । हाय १ कति क्रुर हुँदोरहेछ मन रु आफ्नै सन्तानको हत्यामा पनि नदुख्ने रहेछ मुटु । नरसाउने रहेछन् आँखा । शासक हुनु भनेको मानवता गुमाउनु हो र रु कि अझ बढी मानवतावादी हुनु हो रु
ूछाउगोठमा सुतिरहेका युवती सर्पले डसेर मृत्यु हुने क्रम अझै पनि रोकिएको छैन । हिंसा घट्नुको साटो बढिरहेको छ ।

असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौ । साच्चै सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ। साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन । अहिले पनि मुटु काँपी रहेको छ।

हरेक दिन एकपछी अर्का यस्ता खालका घटना आइरहदा देशकै बेइज्जत भएको छ । अब राज्य गम्भीर बन्ने बेला भएको छ वलात्कार बिरुद्ध सम्बन्धित सबै निकाए कठोर बनेर कडा कदम चाल्नु आवश्यक छ।

निर्मला, गुलाब, भागरथी नेपालकी नाइटिंगेल हुन सक्थिन् । मदर टेरेसा बन्न सक्थिन् । विश्वविख्यात भिञ्ची हुन सक्थिन्, पिकासो बन्न सक्थिन् । सरकार १ नानीहरू देशका भविश्य हुन् ।

भविश्यको सुन्दर संसार श्रृष्टि गर्ने सर्जक हुन् । उनीहरूको सुरक्षा गर सरकार । उनीहरू बलात्कृत हुनबाट बचाऊ । उनीहरू अपहरण हुनबाट बचाउ । उनीहरू मारिनबाट रोक । उनीहरूमाथि एसिड आक्रमण हुन नदेऊ । सरकार १ नारी हिंसा हद भयो । नारी हिंसा रोक ।

सरकार १ यो न्याय र अन्यायको लडाईं हो । निर्मला र गुलाब र भागरथी एउटी पात्र हुन् । समाजमा यस्ता अन्यायमा पिल्सिरहेका हजारौं( लाखौं नानीहरु छन् । उनीहरूले राज्यबाट न्याय पाउनैपर्छ ।

दुधे बालिका देखि वृद्धालाई सम्म नछाड्ने यौनपिपासुहरूलाई फाँसी दिने कानुन बनाएर नारीहरूको रक्षा गर्न किन हिचकिचाउँछ सरकार रु यस्ता घटनाहरू बारम्बार दोहोरिँदै आएका छन् । यो त हदैसम्मको अत्याचार भयो । म सरकारसँग जोडदार माँग गर्दछु ।

जनताको धैर्यताको बाँध फुट्नु अगावै शीघ्र अपराधीलाई कानुन अनुसार हदैसम्मको कार्बाही होस् । म यसै लेखमार्फत सरकारलाई खबरदारी गर्न चाहान्छु ।