प्रधानमन्त्रिको असंवैधानिक कदम बिरुद्ध पत्रकार संगठनले विरोध प्रदर्शन गर्ने

614
views

सुर्खेत । कर्णाली प्रदेशभित्र पत्रकारिता क्षेत्रसँगग सम्बन्धित पेशागत संघ संगठनहरुले संयूक्तरुपमा यही फागुन २ गते विरोध प्रदर्शन गर्ने भएका छन् ।

केपी शर्मा वली सरकारले पौष ५ गते गरेको प्रतिनिधी सभा विघटनको असंवैधानिक कदमका विरुद्ध विभिन्न पत्रकारिता पेशासँग आवद्ध संघ संगठनहरुले विरोध प्रदर्शन गर्ने भएका हुन् ।

बिहीबार बसेको संयूक्त बैठकले फागुन २ गते स्थानीय मंगलगडी चोकबाट (¥यालीसहित मौनरुपमा सांकेतिक विरोध प्रदर्शन गर्ने र ¥याली वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपल चौतारीमा पुगेर कोण सभामा परिणत हुने प्रेस संगठन कर्णालीका ईन्चार्ज ध्रुव विक्रम बुढाथोकीले जानकारी दिए ।

सरकारको असंवैधानिक कदम विरुद्ध र प्रेस स्वतन्त्रताका लागि संयुक्त मोर्चा बनाएर अघि बढ्ने ईन्चार्ज बुढाथोकीको भनाई छ । ¥यालीमा सहभागी सबैले कालो मास्क र कालो पट्टी बाँधेर सरकार विरुद्ध सांकेतिक विरोध प्रदर्शन गर्ने बताइएको ।

विरोध ¥यालीमा नेपाल प्रेस युनियन, प्रेस संगठन, क्रान्तिकारी पत्रकार महासंघ, दलित पत्रकार संघ, प्रगतिशिल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ लगायत सात वटा संघ संगठनको सहभागिता रहने भएको छ ।

वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको रक्षा गर्न नसकेको भन्दै त्यसको विरुद्धमा सडकमा आउनु परेको संघ संगठनहरुले जनाएका छन् ।