दैलेखमा बलात्कार प्रयासमा एकजना जनप्रतिनिधी पक्राउ

363
views

दैलेख । दैलेखमा बलात्कार प्रयासमा आरोपमा एकजना जनप्रतिनिधी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् ।

बलात्कार प्रयासमा संलग्न पोखरेललाई बचाउन जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् ।

भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।

स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएपछि पोखरेल दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा छन् ।

पोखरेलका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले टेलिफोनमा बताए । पोखरेलका आफन्तले पिडितलाई मुद्दा दिनबाट रोक्न दुल्लूको दरबार होटलमा रोकेर राखेको स्थानियको भनाई छ ।

पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिकले बताइन् ।

यसबारे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले घटनाको बास्तविकता बुझेर कारवाही प्रक्रिया बढाउन दुल्लू इलाका प्रहरीलाई निर्देशन दिएको बताए ।