पूर्व स्ववियू सभापति शाही जुवाखालबाट पक्राउ

345
views

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व स्ववियू सभापति झक्कबहादुर शाही जुवाखालबाट पक्राउ परेका छन् ।

शाहीसहित पाँच जनालाई जुवाखालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो ।

३२ वर्षीय शाही चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ दैलेखका हुन् । प्रहरीले सुर्खेतको वीरेन्द्रनगर–७, बस्ने २६ वर्षिय खेमराज शाही, २३ वर्षिय भरत शाही, ४२ वर्षिय नरेश शाही र ४४ वर्षिय रेशम पंगेनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार गएराती वीरेन्द्रनगर–८, आवास क्षेत्र स्थित बलबहादुर शाहीको घरमा जुवा खेलिरहेको अवस्थामा तीन गड्डी ताससँगै ४४ हजार एक सय ३५ रुपैयाँ नगद बरामद गरिएको छ ।

हारजीत हुने गरि जुवा खेलिरहेको गोप्य सूचना पाएपछि जिप्रकाबाट प्रहरी निरीक्षक कनकबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।