हुर्जामा यशकुमारीको स्मति दिवस

757
views

पोखरा, २, फागुन । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले शनिवार यशकुमारी जिसीको योगदानको स्मरण गरेर ३३ औं स्मृति दिवस मनाएको छ । हुर्जाका सल्लाहकार अध्यक्ष राजेश पराजुलीले महिला शसक्तिकरणमा यशकुमारीको योगदान चिरस्मरणीय रहेको बताए ।

यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार कोषका संस्थापक सविन जिसीले पिता २०१४ कार्तिक १४ गते पोखरा १९ लामाचौरमा इन्द्र र माता हुमकुमारी घर्तीका कोखबाट जन्मेकी जिसीको २०४५ फागुन १ गतेका दिन स्याङ्जाको महिला विकास कार्यालयमा सेवारत रहेकै बेला निधन भएकाले दिदीको योगदानलाई चिरस्थायी राख्न कोष स्थापना गरेको बताए ।

कोषकी संरक्षक सीताकुमारी र सुमित्रा जिसीले आफ्नी छोरीको सम्झनामा हुने हरेक गतिविधिले उनको आत्माले चिरशान्ति पाएको अनुभूति गरेको धारणा राखे ।

जरोटुप्पो संरक्षण साहित्य समाजका महासचिव मदन भण्डारीले जिसी परिवारले समाजसेवा र साहित्यका क्षेत्रमा पु¥याएको योगदान स्तुत्य रहेको बताए ।

संस्थाका उपाध्यक्ष वीरेन्द्र सापकोटाले हुर्जाका गतिविधिलाई जिसी परिवारसँगको सहकार्यले आफ्ना गतिविधि सञ्चालन गर्न थप उर्जा मिलेको बताए ।

संस्थाका महासचिव सुशील श्रेष्ठले अब छिट्टै राष्ट्रियस्तरमा आयोजना गरिएको अधिकारमैत्री मुक्तक प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण र जिल्ला प्रतिनिधिसँगको गोलमेच सम्मेलनको तयारीमा रहेको जानकारी गराए ।

अध्यक्षको आसनबाट बोल्दै असफल गौतमले हामीले मान्दै आएको स्वर्ग यदि छ भने यशकुमारीको स्वर्गमा बास होस् भन्ने कामनाका साथ गतिविधि सञ्चालन गर्ने र जिसी परिवारले संस्थाप्रति देखाएको विश्वास डग्मगाउन नदिने प्रतिबद्धता जाहेर गरे ।

स्मृति दिवसमा संस्थाका कार्यसमिति सदस्य सत्यता ख्वाउजु, अशोक पौडेल, संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवाली, पर्वत, तनहुँ, लमजुङ र नवलपुर जिल्ला संयोजकलगायतले यशकुमारीको दिवंगत आत्माको चिरशान्तिका लागि भौतिक उपस्थिति भएर तथा दूरसञ्चारबाट श्रद्धाञ्जली अर्पण गरेका थिए ।