कोरोना संक्रमणबाट बेलायतमा २ नेपालीको मृत्यु

520
views

काठमाडौं, ३ फागुन । कोरोना भाइरस (कोभिड (१९)को संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ ।

एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ । तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोनामुक्त भएका छन् ।