सत्ताको दुरुपयोग नगर्न ओलीलाई सुझाव

527
views

पोखरा ३, फागुन । सत्तामा बसेर राज्यको शक्ति र श्रोत दुरुपयोग नगर्न कास्कीका केही राजनीतिक दलका नेताहरुले आग्रह गरेका छन् । रेडियो अन्नपूर्णले सोमबार रेडियोमा आयोजना गरेको वर्तमान राजनीतिको अबस्थाको बारेमा कास्कीका नेताहरुसंगको सामुहिक छलफल कार्यक्रम द राउण्ड टेवलमा सहभागि कास्कीका नेताहरुले सत्तामा बसेका प्रधानमन्त्री र मन्त्रीहरुले विभिन्न नाममा जनतालाई भेला गर्ने गरी सत्ताको शक्ति र श्रोत दुरुपयोग नगर्न आग्रह गरेका हुन् ।

आर्थिक विकास र समृद्धिको नारा दिएको सरकारले हाल ३ बर्ष पुरा हुन नपाई पुनः संसद विघटन हुनु र दिन दिनै जसो सभा सम्मेलन तथा सडकमा आन्दोलन हुनुले देशलाई थप अस्थिरता निम्तिएकोमा नेताहरुले चिन्त्ता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै नेकपा (दाहाल÷नेपाल समुह) का नेता बखानसिंह गुरुङले आफुहरु संविधानको रक्षाको लागि र प्रतिगमन बिरुद्ध बाध्य भयर सडकमा उत्र्रिन परेको दाबी गरेका छन्। उनले भने “ पार्टी भित्रको बिबाद पार्टी भित्रै आफ्नै घर भित्रै बसेर मिलाउनु पथ्र्यो तर आज प्रधानमन्त्री ओलीले तानाशाह प्रबृत्ति अपनायर देशलाई अस्थिरता तिर लैजाने अनिर्णयको बन्दि बनाउने काम गर्नु भएको छ ।”

संसद विघटन गर्नु गलत कार्य बिरुद्ध आफुहरु बाध्य भयर सडकमा ओर्लिनु परेको नेता गुरुङको भनाई छ । प्रधानमन्त्री ओलीले जनता सामु गरेको विश्वास माथि ठुलो घात गरेको उनको आरोप छ । प्रधानमन्त्री र सरकारमा बस्ने मन्त्रीहरु आफ्नो पार्टीको स्वार्थको लागि सडकमा आउनुले राज्यको सक्ताको चरम दुरुपयोग भएको नेता गुरुङको आरोप छ ।

कार्यक्रममा बोल्दै नेकपा (ओली समुह) का कास्की अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले प्रधानमन्त्री ओलीले संसद विघटन नगरेको भए देश आजको भन्दा बढी अराजक तर्फ जाने बताए ।

दाहाल नेपाल समुहले प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताप लगेर प्रधानमन्त्रीलाई हटाई देशमा अराजक र थप अस्थिरत निम्ताउन खोजेको उनको आरोप थियो । कागेंसले बिरोध गरे पनि चुनावमा जानको लागि तयारी सुरु गरेको सांसद थापाले बताए । कागेंस सांसदले निर्वाचन पूर्वाधार विकासको रकम दुरपयोग गरी सिरेक र खोल लगायतका बस्तु खरिद गरी दुरुपयोग गरेको सांसद थापाको आरोप थियो । अझै पनि दाहाल नेपाल समुहले आत्मआलोचना गरी आएमा पार्टी एक भएर अघि बढ्न सक्ने सम्भावना रहेको उनको भनाई थियो ।

नेपाली कागेंस कास्कीका सभापति कृष्ण केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको शक्ति दुरुपयोग गरी आफ्नो पार्टीको स्वार्थको लागि जनताको काम नगरी सडकमा आएको आरोप लगाए । सत्तामा बस्ने अनि राज्यको सेवा सुविधा लियर पार्टीको कार्यक्रममा अन्यत्र जाने प्रधानमन्त्रीको कदम तत्काल सच्चिनु पर्ने उनको भनाई थियो । उनले भने “ प्रधानमन्त्री सवैको अभिभावक हो नी, उहाँले त बलुवाटार, सिंहदरवारबाटै देश र जनताको हकहितमा काम गर्नु पर्नेमा सक्ताको दुरुपयोग गरेर देश दौडामा सडकमा जाने, २०४६ सालमा पूर्व राजा वीरेन्द्र साहको जस्तै शैलि अपनायर प्रधानमन्त्री ओलीले झल्को दिएको छ । ” संसद विघटनको बिरोधमा कागेंसले पनि चरणबद्ध रुपमा देशै भरी आन्दोलन गर्दै आएको नेता केसीको भनाई छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ३ बर्षसम्म ल्याएको बजेटमा विकास बजेट कहिले पनि जनताले चाहे अनुसारको खर्च गर्न नसकेको उनको आरोप थियो ।

जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले देशमा अस्थिरता र अराजकता बढ्ने खतरा बढेकोले अब देशका सवै राजनीतिक पार्टी एक भई प्रतिगम बिरुद्ध लाग्नु पर्ने बताए । राजनीतिक नेतामा नैतिकवान गुम्दै गएको टिप्पर्ढी गर्दै उनले नैतिकवान हुन आग्रह गरे । प्रधानमन्त्री ओलीको कदम बिरुद्ध सयुक्त मोर्चा बनायर शसक्त्त आन्दोलन गर्नुपर्ने समय आएको नेता गुरुङको भनाई थियो ।

रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले रेडियोले सोमबारदेखि साप्ताहिक रुपमो समसामयिक रुपमा सामुहिक छलफल कार्यक्रम द राउण्ड टेवल कार्यक्रम सुरु गरिएको बताए । उनले रेडियोले जन—चहाना अनुसारका थप कार्यक्रम समेत संचालन गर्दै जाने बताए । कार्यक्रमको संचालन रेडियो अन्नपूर्णकर्मी बासुदेव मिश्रले गरेका थिए ।