आयोजकलाई ‘एमेचुअर क्यासल कप’ को उपाधि

2341
views

पोखरा । पोखरामा सम्पन्न पहिलो संस्करणको ‘एमेचुअर क्यासल कप फाईभ ए साईड फुटसल’ प्रतियोगिताको उपाधि आयोजक टिम (स्पोर्टस् क्यासल) ले नै जितेको छ ।

पोखरा महानगरपालिका–४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेलमा फरेष्ट स्पोर्टस् फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै क्यासलले उपाधि जितेको हो ।

क्यासलको जितमा कप्तान आकाश थपलिया (वामे) र सरोज तामाङले समान २÷२ गोलको योगदान दिए भने मनोज गुरुङले १ गोल गरे । यता फरेष्ट स्पोर्टसका लागि १ मात्र सान्त्वना गोल सरोज थिङले फर्काए ।

बिजेता बनको क्यासलले उपाधिसँगै शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार रुपैयाँ प्राप्त गर्याे भने उपबिजेता टिम फरेष्ट स्पोर्टस्ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजारमा चित्त बुझायो ।

कुल ४६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा क्यासलका आकाश थपलिया सर्वोत्कृष्ट खेलाडीको हकदान बन्दै केल्मी फुटसल जुत्ता प्राप्त गरे ।

पुरस्कार तथा समापन समारोहका प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका १३ का वडा अध्यक्ष दर्शन लामाले युवाहरु खेलकुद सँगै समाज रुपान्तरणमा लाग्नुपर्ने धारणा राखेका थिए ।

बिजेता तथा उपबिजेता टिमलाई लामासँगै पर्यटन व्यवसायी राजकुमार गुरुङ, सहारा युकेका महासचिव धनु थकाली, बगर भाईखलकका कोषध्यक्ष रमेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।