भागरथी हत्या आरोपमा दिनेश भट्ट पक्राउ

685
views

काठमाडौं, ५, फागुन । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा दिनेश भट्ट पक्राउ परेका छन् ।

भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बुधबार (आज) नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

१३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो ।

आरोपित भट्टले अपराध स्विकार गरिसकेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए ।