भागरथी हत्याका अभियुक्त सार्वजनिक

1084
views

काठमाडौं, ५, फागुन । प्रहरीले बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेका अभियुक्त दिनेश भट्टलाई सार्वजनिक गरेको छ । प्रहरीले आज (बुधबार) जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

किशोरावस्थाका दिनेश भट्ट भागरथी भट्ट अध्ययन गर्दै आएको खोचलेकस्थित सनातन धर्म उच्च माविकै विद्यार्थी हुन् । उनी कक्षा ११ मा अध्ययन गर्दै आएका थिए । दिनेश भट्टले प्रहरी सामुको बयानमा प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका छन् ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा २२ माघमा फेला परेको थियो ।