चिनियाँ ‘भेरो सेल’ खोपलाई नेपालमा अनुमति

387
views

काठमाडौं, ६, फागुन । चीनमा बनेको कोरोनाविरुद्धको ‘भेरो सेल’ खोपले नेपालमा पनि अनुमति पाएको छ । उक्त खोप लगाउन औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको हो ।

औषधि व्यवस्था विभागले बुधबार विज्ञप्ती जारी गरी चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको जनाएको हो ।

यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको छ । नेपालमा यसअघि अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित एवं भारतद्वारा उत्पादित कोरोनाविरुद्ध खोप कोभिसिल्डले प्रयोगको अनुमति पाइसकेको छ ।