नेप्से परिसूचक २५ अंकले बढ्यो

581
views

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा नेप्से परिसूचक २५ अंकभन्दा बढीले बढेको छ । जीवन विमा, निर्जिव विमा कम्पनी र माइक्रोफाइनान्सबाहेक सबै समूहका उपसूचक बढ्दा नेप्से परिसूचक २५ दशमलव २३ अंकले बढेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ ।

पछिल्लो केहि दिन यता नयाँ रेकर्ड बनाउदै आएको नेप्से सूचकले विहीबार पनि नयाँ रेकर्ड कायम गरेको हो । आज २०६ कम्पनीका ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७ सय ८५ रुपैयाँ बराबरको १ करोड ९६ लाख ४६ हजार ५ सय ७८ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

बुधबार सेन्सेटिभ इन्डेक्स ६ दशमलव ७७ अंकले बढेर ४८१ दशमलव ७८ विन्दुमा पुगेको छ । आज १२ उपसमुहमध्ये ९ उपसमुहको परिसुचक बढेको छ । ३ उपसमुहको परिसुचक घटेको छ । आज सबैभन्दा धेरै व्यापार उपसमुहको सूचक ७२ दशमलव ९२ अंकले बढेको छ ।

त्यस्तै विकास बैंकको ६२ दशमलव १४, अन्य समूह ५३ दशमलव ८२ अंकले बढेको छ । त्यस्तै बैंकिङ समूह २३ दशमलव ३७, उत्पादन समूह २० दशमलव १६ अंकले बढेको छ । बिहीबार उच्च कारोबार हुनेमा अधिकाँश वाणिज्य बैंक रहेका छन् । उच्च कारोबार हुने शिर्ष १० कम्पनीमा ७ वटा वाणिज्य बैंक रहेका छन् ।

एनआइसी एशिया बैंकको सबैभन्दा धरै ५६ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको ५० करोड ८२ लाख, सिभिल बैंकको २८ करोड ३८ लाख र ग्लोबल आइएमई बैंकको २६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।